हेयर एण्ड शान्तिको सौन्दर्य सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हेयर एण्ड शान्तिमा सौन्दर्य सेवा सुविधमा विशेष छुट हुने भएको छ ।
उक्त छुट सेवाका लागि प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता भएको छ । एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षसर गरेका छन् ।
प्रोफेसन मेकअप, पेनसेल डिपीलेसन, हेयरकट एण्ड स्टयालिङ, आइलास एक्सटेन्सन, प्रोफेसन स्ट्यालिस्ट, स्पा प्रक्रिया, रिजेनेरेटि ट्रिटमेन्ट, मेनिकेयर र पेडीकेयरमा विशेष छुट पाउनेछन् ।
सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।
हेयर एण्ड शान्ति ले दुई दशकदेखि निरन्तर बिभिन्न स्थानमा (आउटलेटः काठमा भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १) बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आईरहेको छ ।