भरतपुर भम्रण वर्ष २०२४: चितवनका १६ बढी होटल तथा रेष्टुरेन्टसँग प्रभु बैंकको विशेष छुट सम्झौता « Arthapath.com
२७ जेष्ठ २०८१, आईतवार

भरतपुर भम्रण वर्ष २०२४: चितवनका १६ बढी होटल तथा रेष्टुरेन्टसँग प्रभु बैंकको विशेष छुट सम्झौता



काठमाडौं । प्रभु बैंकले चितवनका विभिन्न १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टसँग विशेष छुट सम्झौता गरेको छ ।

बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गरि सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको हो ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशकी प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आवद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

विभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार होटेल आइकावा इन्टरनेशल, सपना भिलेज लज, सिद्धार्थ भिल्ला बनवास, होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिर्सोट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटेल, होटेल रोयल सफारी, द पार्क सेन्चुरी होटेलमामा छुट सुविधा पाउने छन् । यस्तैm, ट्राभल्र्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन्टरनेशनल, जंगल सफारी लज, रोयल टाइगर लक्जवरी होटेलमा पनि छुट सेवा लागू हुनेछन् ।

प्रभु बैंक ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।


प्रतिक्रिया दिनुहोस्