पोखरामा समृद्धि फाइनान्सको निशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा

काठमाडौं । समृद्धि फाइनान्सले एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा परापर्श शिविर सम्पन्न गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पोखरा शाखा कार्यालयद्धारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको हो ।
पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा २६४ जनाले निशुल्क सेवा लिएका छन् ।