लाभांश पारित गर्दै सकियो आइएमई लाइफको सातौं वार्षिक साधारण सभा « Arthapath.com
२९ जेष्ठ २०८१, मंगलवार

लाभांश पारित गर्दै सकियो आइएमई लाइफको सातौं वार्षिक साधारण सभा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पनन भएको छ ।

सोमबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङकेटमा सम्पन्न भएको हो ।

सभामा २६.३१५८ प्रतिशत लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्म्तिबाट पारित गरेको छ।

सभाले आव २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एसोसिएट्सलाई वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत पारित गरेको छ।

सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ।

यस्तै, बोनस सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । यता, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको २०८० पुस ४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९÷०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्