हिमालयन बैंकले त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी थापाथलीबाट बैंकिङ्ग सेवा सुरु « Arthapath.com
२ असार २०८१, आईतवार

हिमालयन बैंकले त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी थापाथलीबाट बैंकिङ्ग सेवा सुरु



काठमाडौं । हिमालयन बैंकले धमाधम शाखा स्थानान्तरण गरिरहेको छ । साविकको सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु स्थानान्तरण गरेको हो ।

आज (असार २ गेत) देखि बैंकले मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुरु गरेको छ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका थिए । सो अवसरमा बंैकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनलर १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्