राष्ट्रिय वाणिज्य बैंकको डिसीइओ बने लोहनी « Arthapath.com
१८ असार २०८२, बुधबार

राष्ट्रिय वाणिज्य बैंकको डिसीइओ बने लोहनी



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनीको बढुवा भएको छ ।

गत आइतबार बसेको संचालक समितिको बैठकले लोहनीलाई डिसीइओमा बढुवा गरेको हो । उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

२०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्