रिडी पावर कम्पनीका अध्यक्ष न्यौपानेको राजिनामा स्वीकृत, नेपालाई जिम्मेवारी
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष सञ्जिव न्यौपानेको राजिनामा स्वीकृत भएको छ । आफ्नो कार्यव्यस्तताका कारण देखाउँदै न्यौपानेले पदबाट राजिनामा दिएका थिए ।
गत शुक्रबार बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । सोही बैठकले रिक्त अध्यक्ष पदमा कुवेरमणि नेपाललाई नियुक्ति गर्ने निर्णय गरेको छ।