चिरख्वा हाइड्रोपावरको अध्यक्षमा राई निर्विरोध, को-को आए संचालक समितिमा ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीको संचालक समिति पुनर्गठन गरिएको छ ।
गत आइतबार सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट दिपक राईको अध्यक्षता ९ सदस्यीय संचालक समिति गठन गरिएको हो । यसअघि ११ जना संचालक समिति सदस्य हुने व्यवस्था संशोधन गरि ९ जनामा घटाइएको छ ।
संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना र साधार सेयरधनीहरुको तर्फ २ज ना र २ जना स्वतन्त्र संचालक रहने व्यस्था गरिएको छ ।सोही व्यवस्था अनुसार राइ अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
यस्तै, संचालकमा केदारनाथ कार्की, गणेशमानसिंह कार्की र आङ दोर्जी लामा चयन भएका छन् भने महिला संचालककमा दावाजाङ्मू श्रेष्ठ (लामा) लाई नियुक्ति गरिएको छ।
त्यसैगरि कम्पनीको स्वतन्त्र संचालकमा पहाद श्रेष्ठ र आङ टासी लामा, सर्वसाधारणको तर्फबाट प्रतिक्षा पौडेल र आनन्दमणि राउतलाई निर्विरोध निर्वाचित भएका छन् ।