सानिमा माइ हाइड्रोपावरका संचालक पौडेलको राजिनामा स्वीकृत

काठमाडौं । सानिमा माइ हाइड्रोपावर लिमिटेडको संचालक तुक प्रसाद पौडेलले दिएको राजिनामा स्वीकृत भएको छ।
पौडेलले दिएको राजिनामा असार २५ गते मंगलबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उनी २०७७ पुस २३ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट कम्पनी संचालक पदमा नियुक्ति भएका थिए ।