एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते बजाज डिस्कभर बाइक

काठमाडौं । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन्।
बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्र प्रसाद गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
बम्पर उपहारका रूपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोला प्रथामार्फत् छानिएका हुन्।
कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए।
यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन्।
यस कार्यक्रम अन्तर्गत देशभर सातै प्रदेशबाट एक हजार एक सय जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन्।
खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत् पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन्।
एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ।
यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरूको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो।
साथै, एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ।
आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत् आम उपभोक्ता र उद्यमी, व्यवसायीहरूलाई पहिलाभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरू प्रदान गर्दै आएको छ।
अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः लिँदा थपिएर आउने र बन्डल सेवाहरूका साथ निर्धक्क सेवा पाइने यो योजनाको मुख्य विशेषताहरू रहेका छन्।