हिमालयन लाइफका संचालक दुगडको राजिनामा स्वीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका संचालक विवेक दुगडको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीका संस्थापक समूह अन्तर्गत संचालक रहेको दुगडले व्यक्तिगत व्यस्तताको कारण देखाउँदै पदबाट राजिनामा दिएका थिए । उनले गत असार ३१ गते राजिनमा दिएका हुन् ।
उनको राजिनामा साउन ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।