सिन्धु विकास बैंकको सिइओ गिरीले दिए राजिनामा, केसीलाई कामु सिइओ जिम्मेवारी « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सिन्धु विकास बैंकको सिइओ गिरीले दिए राजिनामा, केसीलाई कामु सिइओ जिम्मेवारी



काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्याकारी अधिकृत (सिइओ) राम कुमार गिरीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत तथा घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन् ।

सिइओ गिरी साउन ६ गते आइतबार आफ्नो राजिनमा संचालक समितिलाई बुझाएका थिए । उनको राजिनमा सोमबार (साउन १४ गते) बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमारी केसीलाई कायम मुकाय सिईओ जिम्मेवारी दिएको छ । केसीलाई सोमबारदेखि नै लागू हुने गरि कामु सिइओको जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्