अर्थ सचिव डा. घिमिरेले लिए राष्ट्र बैंक संचालकको रुपमा शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको रुपमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले शपथ ग्रहण गरेका छन् ।
अर्थसचिव डा. घिमिरेले प्रधानन्याधिश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष शपथ लिएको हुन् । बिहीबार आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकको ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक संचालक समितिको सदस्य रहने व्यवस्था छ ।सोही ऐनको दफा १०८ (१) मा बैंकका संचालकले सर्वोच्च अदालतका प्रधानन्याधिश वा निजले तोकेको न्यायधिश समक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।