गोल्याण पावर र प्रोजिल ग्रिन इनजीबीच रणनीतिक साझेदारी « Arthapath.com
२० भाद्र २०८१, बिहीबार

गोल्याण पावर र प्रोजिल ग्रिन इनजीबीच रणनीतिक साझेदारी



काठमाडौं । गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेड बीच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताले हरित भविष्यको साझा दृष्टिकोणलाई जोड दिनेछ । उक्त रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने साझा प्रतिबद्धताको महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्नेछ ।

सम्झौतामा गोल्याण पावरका निर्देशक अक्षय गोल्याण र प्रोजिल ग्रिन इनर्जी लिमिटेडका निर्देशक शोबित बैजनाथ रायले औपचारिक रूपमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत (सिएफओ) संजय साह र गोल्याण ग्रुपका ऊर्जा व्यवसायका प्रमुख कार्यकराी अधिकृत (सीईओ) प्रवीण अर्याल सहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्