बुद्ध एयरको एउटा एटीआर डेड जहाज व्यावसायिक उडानबाट बिदा « Arthapath.com
२५ भाद्र २०८१, मंगलवार

बुद्ध एयरको एउटा एटीआर डेड जहाज व्यावसायिक उडानबाट बिदा



काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ नाइन एन एआईएन जहाज उडाउन बन्द गरेको छ ।

१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेको हो । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका छन् ।

यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको हो । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो ।

४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्