अपर स्याङ्गे हाइड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांश
काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी असोज १८ गते वार्षिक साधारण सभा डाकेको हो ।
सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरि पारित हुने एजेन्डा छ ।
सोही सभाले चालु आव २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ ।


















