सिजीको दशैँ अफर : घरायसी सामाग्री किन्दा १० ग्राम सुनको सिक्का जित्ने अवसर
काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ ।
यस अभियानअन्तर्गत १० भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश रहेको कम्पनीका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले जनाए ।
योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण उपलब्ध गराउनु पर्नेछ ।
यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।
भदौ २३ गतेबाट सुरू भाको यो अफर छठ पर्वसम्म रहने कम्पनीले जनाएको छ । नेपालकै नं १ र ठुलो ब्राण्ड सिजीले प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ ।
आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।