दीपक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर ¥याली अफ हिमालयाजमा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं । प्रसिद्ध राइडर दीपक कुमार साहले आगामी असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना हुने ¥याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।
अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर ¥यालिमा सहभागी जनाउने भएका छन् ।
जुन बाइक पहाड तथा हिमालयन क्षेत्रका कठिन यात्राको लागि परिचित छ । नेपालको प्रतिनिधित्वका साथ सो ¥यालीमा दीपकको सहभागिताले नेपालको मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्नेछ ।
¥याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्ने कम्पनीले जनाएको ।
दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो ।
दीपक साह सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी २०२२ मा –याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र –याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।
रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ। बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पु¥याउनेछ ।