सेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह « Arthapath.com
७ आश्विन २०८१, सोमबार

सेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएकाले अद्यावधिक गर्न आग्रह गरेको हो ।

कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न भनेको छ।

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन पर्नेछ ।

सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने क्यापिटलले जनाएको छ । तर, हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्