एसबिआई बैंक द्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग « Arthapath.com
१६ असार २०८२, सोमबार

एसबिआई बैंक द्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालै आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रुपैंया सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका हुन् ।

कार्याक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, बिकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्