डडेलधुरामा एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम अमरगडी ५, डडेल्धुरामा सम्पन्न गरेको छ ।
‘विश्व लगानीकर्ता सप्ताह, २०२४’ को अवसरमा पारेर क्यापिटलले विद्यार्थी तथा विभिन्न पेशामाआवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरु र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोवार भएका सेयर राफसाफ गर्दा आएको समस्याहरुको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।
कार्यक्रममा उल्लेख्य युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । क्यापिटलले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।