युनिलिभर नेपालको लाभांश पारित « Arthapath.com
१४ कार्तिक २०८१, बुधबार

युनिलिभर नेपालको लाभांश पारित



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश पारित भएको छ । सोमबार सम्पन्न साधारण सभाले लाभांश पारित गरेको हो ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव कम्पनीको ३१औं वार्षिक साधारण सभाबाट पारित भएको हो ।

अघिल्लो आवको मुनाफाबाट कमपनीले गत वर्ष पनि एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्