सोल्टी होटलले तोक्यो बुक क्लोज मिति, ३६.८४ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौं । सोल्टी होटलले बुक क्लोजका लागि मिति तय गरेको छ ।
होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी मंसिर १३ गते बुल क्लोज गर्ने भएको हो । त्यसैले मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित गर्नका लागि आगामी पुस ४ गते साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ३४.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले यो वर्ष १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही सभाले प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । सभामा चालु आव २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।