सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा
काठमाडौं । सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ ।
सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोडरेज, माइडिया र ब्ल्याक डेक्करका माइक्रोवेव ओभन किन्दा कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन् ।
साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यका सहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ ।
यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ । सीजी डिजिटलको अनुभवी, प्रशिक्षित, कुशल सेफबाट यो कक्षा संचालन भैरहेको छ ।
अहिले, इटहरी, बिराटनगर, दमक, बिर्तामोड, झापा, काकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी डिजिटल लगायत एलजीको डिलरहरुमा यो कुकिङ्ग कक्षा पुस २५ गते देखि माघ ११ सम्म चलिरहेको छ ।
सीजी डिजिटलका सेफ धन बाहादुर बस्नेतले भने,‘हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ । यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं। यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ ।’
प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ । कक्षामा विशेषगरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइने छ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।
सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुर्याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ ।
ग्राहकहरूले एलजी, सीजी, गोडरेज, माइडिया र ब्ल्याक डेक्करका माइक्रोवेव ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।