ज्योति क्यापिटलको दोस्रो साधारण सभाले पारित गर्यो लाभांश

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको लाभांश पारित भएको छ । गत शुक्रबार (पुस २६ गते) सम्पन्न क्यापिटलको दोस्रो साधारण सभाले ३.१६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
उक्त सभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै, गत आवको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ को लागि पिएलआरजी एसोसियट्स चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।