नेपाल क्लियरिङ्ग हाउस साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, तीन संचालक पुनः निर्विरोध चयन « Arthapath.com
२८ पुष २०८१, आईतवार

नेपाल क्लियरिङ्ग हाउस साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, तीन संचालक पुनः निर्विरोध चयन



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडलेको १३औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभामा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

एनसीएचएलको चुत्ता पुँजी १ अर्ब २६ करोड ८२ लाख बराबरको हनेछ छ । सोही सभाले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड पु¥याउने निर्णय गरेको छ।

यसका साथै लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ ।

कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।

गत आवमामा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४ प्रतिशत बृद्धि भएको छ । कम्पनीको खुद नाफा ६.२ प्रतिशत वृद्धि भएको छ । गत वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १ खर्ब ५६ खर्ब बराबरको १२ अर्ब ६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।

तीन जना सञ्चालकहरु पुनः निर्विरोध

सभाले सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ ।

बाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनः निर्वाचित भएका हुन् ।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस्