नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित « Arthapath.com
२९ पुष २०८१, सोमबार

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित



काठमाडौं । नागरिक लगानी कोषको लाभांश पारित भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव सोमबार सम्पन्न ३०औं वार्षिक साधारण सभाले पारित गरेको हो । कोषले यो वर्ष ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभामा गत आव २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।


प्रतिक्रिया दिनुहोस्