एनआईसी एशिया क्यापिटलद्वारा २ प्रडक्ट सार्वजनिक

काठमाडौं । एनआईसी एशिया क्यापिटलले दुईवटा प्रडक्ट सार्वजनिक गरेको छ । क्यापिटलले गैर-आवासीय नेपाली र नेपाल बसोबास गर्ने नेपालीलाई लक्षित गरी गरी विशेष डायस्पोरा खाता सञ्चालन र धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउन ‘अफर फर सेल प्लेटफर्म’ सञ्चालनमा ल्याएको छ ।
यो सेवा विदेशमा रहेका नेपाली उद्यमी र लगानीकर्ताहरुलाई नेपालमा आफ्नो व्यवसाय स्थापना र विस्तार गर्नका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने उद्देश्यले शुरू गरिएको हो।
क्यापिटलको नयाँ सेवा “अन स्टप सोलुसन” अन्तर्गत, डायस्पोरा खाता खोल्न इच्छुक व्यक्तिहरूलाई वित्तीय, कानुनी, र कम्पनी संचालनका विभिन्न पक्षहरूमा एकिकृत परामर्श र सेवा उपलब्ध गराइने छ। विशेष गरी, यस सेवाले व्यवसाय दर्ता, कम्पनी मूल्याङ्कन, कानुनी प्रक्रिया, र आवश्यक लगानी रकम संकलन गर्न सहयोग गर्नेछ।
त्यस्तै, क्यापिटलले आफ्नो मर्चेण्ट बैंकिङ सेवालाई परिस्कृत गर्दै अब धितोपत्रको दोश्रो बजारमा सूचिकृत र नभएका कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद–बिक्रीलाई सजिलो बनाउने उद्देश्यले अफर फर सेल प्लेटफर्म पनि सुरु गरेको छ। यसमा लगानीकर्ताहरूले कुनै पनि कम्पनीको संस्थापक शेयर खरीद र बिक्री गर्नको लागि अनलाइन मार्फत विवरण उपलब्ध गराउने छन् । जसले प्रक्रिया सहज र गोपनियता कायम राख्ने छ।
डायस्पोरा खाता सेवाले विदेशमा रहेका नेपाली उद्यमीहरूलाई नेपालको व्यवसायिक वातावरणमा सहजता ल्याउने मात्र होइन, नेपालमा पूँजी प्रवाह गर्ने नयाँ अवसर पनि सिर्जना गर्ने विश्वास गरिएको छ।
यस नयाँ सेवा अन्तर्गत, एनआईसी एशिया क्यापिटलले लगानीकर्ताहरुलाई कम्पनी दर्ता देखि लिएर शेयर खरिदबिक्रीका सम्पूर्ण प्रक्रिया पारदर्शिता र सुरक्षा सुनिश्चित गर्दै सेवा उपलब्ध गराउने छ।
यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिदै गैरन्धावासीय नेपालीहरू र नेपाल बाहिर बसोब नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपाली हरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको क्यापिटलले जनाएको छ ।