बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट « Arthapath.com
६ चैत्र २०८१, बुधबार

बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एसटिसी स्मार्ट वेनस्डे अफर सुरु गर्दै छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न एससीटी-युपीआई कार्ड प्रयोग गरी पोओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

एससीटी-युपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्