समृद्धि फाइनान्समा रोजगारीको अवसरः एसईईले पनि आवेदन दिन पाउने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी मागेको छ । फाइनान्स कम्पनीले बजार प्रतिनिधी र सेगमेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कर्मचारीको मागेको हो ।
फाइनान्स कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार पोखरा, काठमाडौं, बुटवल, चितवन र हेटौडा शाखा कार्यालयका लागि कर्मचारीको मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले चैत १५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिँदा फाइनान्सको इमेल आइडी मा आफ्नो करिकुलम भाइटा पठाउन सकनेछन् ।
एसएलसी तथा एसईई सरह वा सो भन्दा माथिका ब्यक्तिले आवेदन दिनसक्नेछन् । उम्मेद्वारको उमेर कम्तिमा १८ बर्ष हुनुपर्नेछ ।
