छिमेक लघुवित्तले माग्यो सहायक अधिकृत, शैक्षिक योग्यता कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले दोस्रो पटक सूचना सार्वजनिक गर्दै एक पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले सहायक अधिकृतमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन संकायमा कम्तिमा दितीय श्रेणीमा (जिपिए कम्तीमा १.८ ल्याइ) स्नातक तह उत्तिर्ण गरेको कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी असार ३१ गते भित्र लघुवित्तको वेभसाइट https://www.chhimekbank.org/career/ मार्फत आवेदन दिन सक्नेछन् ।
