श्वेत गंगा हाइड्रोपावरले माग्यो सुरक्षा गार्ड, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ६ जना सुरक्षा गार्ड माग गरेको हो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायहरूमा अद्यावधिक भएको कागजातहरू, कम्तीमा ५ वर्षदेखि विभिन्न हाइड्रोपावर, ख्यातीप्राप्त संघ, संस्थाहरूमा सुरक्षा गार्ड आपूर्ति गर्दै आएको प्रमाण, सुरक्षामा खटिँदा चाहिने पोशाक तथा आधारभूत सुरक्षा सामग्री तथा उपकरणहरू उपलब्ध गराउन सक्ने प्रतिबद्धता, श्रम ऐनले ब्यवस्था गरे बमोजिम तलब, भत्ता, सेवा, सुविधा, बीमा, समाजिक सुरक्षाकोष, दिदैं आएको प्रमाणलगायत कागजात पेश गर्नुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कात्तिक २० गतेसम्म कम्पनीको धुम्वाराहीस्थित कार्यालयमा आवेदन दिन सक्नेछन् ।
