ग्रामीण विकास लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै नायव प्रमुख कार्यकारी अधिकृतमा २ जना कर्मचारी मागेको हो ।
उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, मौद्रिक बैंकिङ, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्श तथा कानुन विषय लिई स्नातक उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीउ संस्थाको अधिकृतमा कम्तीमा ५ वर्ष कार्य अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ २ गते भित्र कम्पनीको प्रधान कार्यालय बुटवल वा शाखा कार्यालय बुढानिलकण्ठ काठमाडौंमा आवेदन दिन सकिनेछ ।