गुराँस लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
११ पुष २०७९, सोमबार

गुराँस लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ ।

लघुवित्तले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष ८ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ । दरखास्त फाराम कम्पनीको बेवसाइटबाट डाउनलोड गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्