एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२० पुष २०७९, बुधबार

एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले नायब कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक (ब्यवस्थापकी श्रेणी मानव संसाधन विभाग), सहायक प्रबन्धक (ब्यवस्थापकीय श्रेणी सूचना तथा प्रविधि विभाग), सहायक प्रबन्धक (प्रदेश प्रमुख), कनिष्ठ अधिकृत, बरिष्ठ अधिकृतमा १-१ जना कर्मचारी मागेको छ ।

साथै, कनिष्ठ अधिकृत/सुपरभाइजरमा ९ जना (आन्तरिक लेखापरीक्षण जोखिम ब्यवस्थापन विभाग) , कनिष्ठ अधिकृत (आन्तरीक लेखापरीक्षण) मा २ जना र कनिष्ठ अधिकृत/सुपरभाइजर (काुनुन विभाग) मा १ जना कर्मचारी मागेको छ । जुका लागि विभिन्न विषय लिई स्नातक उत्तिर्ण हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ ४ गते भित्र कम्पनीको बेवसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्