स्वावलम्बन लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
२४ पुष २०७९, आईतवार

स्वावलम्बन लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी/४ (ख) का लागि ५० जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसईईमा न्यूनतम १.६ जिपिए ल्याएको हुनु पर्नेछ । साथै, कम्तिमा ३ महिना वा ७५ दिन वा १० घण्टाको आधारभूत कम्प्युटर तालिम लिएको हुनेपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष २४ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौं वा इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्