स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
४ माघ २०७९, बुधबार

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले बरिष्ठ प्रबन्धक (सूचना प्रविधि) मा १ जना, प्रबन्धक (चार्टर्ड एकाउण्टेन्ट) मा १ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) मा २ जना र सहायक प्रबन्धक (प्रशिक्षार्थी) मा ७ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता विभिन्न विषय लिई स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ २ गते) ले १५ दिन भित्र अर्थात माघ १६ गते भित्र संस्थाको केन्द्रिय कार्यालय कमलपा्ेखरी काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्