एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रशिक्षार्थी सहायकमा माग गरेको हो ।

कम्पनीले करार सेवा ६ महिनाका लागि केही सख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाण पत्र तह उत्तिर्ण र कुनै सहकारी संस्था वा लघुवित्तको क्षेत्रमा काम गरेको उम्मेदवारहरुलाई प्राथकिता दिइने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात फागुन १६ गते भित्र संस्थाको शाखा कार्यालय उलाबारी वा शाखाको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्