समृद्धि फाइनान्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

समृद्धि फाइनान्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि गरेर बिजनेश अफिसरमा ५ जना, क्रेडिट अफिसर र असिस्टेन्ट पदका लागि १-१ जना कर्मचारी मागेको गरेको छ । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा अन्य बैंक तथा संघ संस्थामा अनुभवि हुनु पर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरीसंस्थाको इमेल मार्फत चैत २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्