गार्डियन माइक्रो लाइफले माग्यो कर्मचारी

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनील एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले आफ्नो १९ शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक तरि मार्केटिङ सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ । साथै, मोटरसाइकल । स्कुटरको चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १५ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
