नेको इन्स्योरेन्सले माग्यो कर्मचारी « Arthapath.com
३ असार २०८२, मंगलबार

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले जागिर खुलाएको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले दमक, विर्तामोड, काँकडभित्ता, फिक्कल, इलाम, फिदिम र ताप्लेजुङका लागि कर्मचारी माग गरेको छ । सो क्षेत्रका लागि १० जना ट्रेनी एसिस्टेन्टदेखि जुनियर अफिसर माग गरेको छ ।

ट्रेनी एसिस्टेन्टले कम्तीमा प्लस टु पास गरेको हुनुपर्नेछ भने अधिकृत तहको लागि स्नातक तह उत्र्तीण भएको हुनु पर्ने कम्पनीले जनाएको छ ।

योग्य इच्छुकले आगामी असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्