विवाद समाधानपछि कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालन « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

विवाद समाधानपछि कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालन



काठमाडौं । निर्माणकार्य पूरा भएर पनि सञ्चालन हुन नसकेको कटहरी सबस्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ । विराटनगर क्षेत्रको पुर्वी भागमा नया सबस्टेसन निर्माण गरी समग्र विराटनगरको बिद्युत लाईनमा सुधार गर्ने लक्ष्य लिएर निर्माण गरिएको कटहरी सबस्टेसन निर्माण कार्य पुरा भएर पनि सँचालनमा आउन सकेको थिएन ।

लामो समय सम्म दुहबी कटहरी ३३ के भी प्रशारण लाईन विवादका बिचमा रहेको थियो तर सबैको अथक प्रयास बाट यो लाईनले समाधान पाएको छ ।

बिद्युतको भोल्टेजस्तर सुधार एवम् माग अनुसारको बिद्युत बितरण गर्नको लागी नेपाल बिद्युत प्राधिकरणले एशियाली बिकाश बैङ्कको सहयोगमा देशैभरी बिभिन्न प्रकारका सबस्टेसन निर्माण र लाईन निर्माणको क्रम जारी राखेको छ । यसै सन्सर्भमा मोरङ्ग जिल्लाको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएतापनी बिबिध कारणले सञ्चालन हुन सकेको थिएन ।

उक्त लाईन सञ्चालन गर्ने प्रमुख स्रोत भनेको दुहबी १३२ के.भी. ग्रिड सबस्टेसन बाट कटहरी सम्म ३३ के.भी. लाईन पु¥याउने काम थियो । उक्त लाईन निर्माणको क्रममा मोरङ्गको ग्राम थान गिदनिया का स्थानिय बासिन्दा बाट लाईन निर्माणको क्रममा बिदाद उत्पन्न भई काम रोकिएको थियो । मोरङ्ग जिल्ला बाट प्रतिनिधित्व गर्ने संघिय सांसद अमनलाल मोदी, १ नंमर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, स्थानिय बासिन्दा, प्रशासन, जनप्रतिनिधी, स्थानिय निकाय, प्रदेश सरकार, उद्योग बाणिज्य संघबाट बिभिन्न चरणमा छलफल भई स्थानिय बासिन्दाको माग बमोजिम प्राबिधिककरणले स्थानमा ३३ के.भी. लाईन लाई भुमिगत गराई लाईन निर्माण कार्य पुर्णता दिईएको छ ।

नेपाल बिद्युत प्राधिकरण, आयोजना ब्यवस्थापन निर्देशनालय, बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तरगत रहेको सो सबस्टेसन र लाईन निर्माणको कार्य भारतिय निर्माण कंपनी ए टु जेड ईन्फ्रा लिमिटेड को नेपाली सहायक निर्माण कंपनी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी ले पुरा गरेको हो ।

दुहबी ग्रिड सबस्टेसन देखी कटहरी सम्म १७.२ कि.मी. ओभरहेड लाईन र ५.५ कि.मी. ३३ के.भी. भुमिगत लाईन निर्माण गरी जम्मा २२.७ कि.मी.लाईन नो लोडमा सँचालन गरिएको नेपाली निर्माण ब्यबसायी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी का डाईरेक्टर सागर लुँईटेलले बताए ।


प्रतिक्रिया दिनुहोस्