हिमालय ऊर्जाको नाफा ७८.५४ प्रतिशतले गिरावट « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

हिमालय ऊर्जाको नाफा ७८.५४ प्रतिशतले गिरावट



काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ७८.५४ प्रतिशतले घटेर ९ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४२ लाख ४६ हजार खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी घटेर १० लाख २८ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको अन्य आम्दानी ५५ लाख ६ हजार रुपैयाँ गरेको थियो ।

यस अवधिमा कम्पनीको जेगडा कोषमा ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ८५ लाख ७९ हजार रुपैयाँले ऋणात्मक थियो ।

कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ०.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९९.२४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्