साल्ट ट्रेडिङ्ग कर्पोरेशनको साधारण सभा चैत १० गते, के के छन् एजेण्डा « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको साधारण सभा चैत १० गते, के के छन् एजेण्डा



काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५६औं वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको छ । फागुन १४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा १२ः१५ बजे सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचन गर्ने कार्यक्रम समेत सभा कार्य सूचीमा समावेश गरीएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गरेको हुदाँ २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्