डेढ दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै
काठमाडौं । झन्डै डेढ दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखिने भएको छ ।
एक सूचना निकाल्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न कार्यालयको आग्रह छ ।
यसअघि पनि कार्यालयले ती १७ कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर, तोकिएको उक्त अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले पुनः ७ दिने सूचना प्रकाशन गरेको छ ।