थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् ।

बिहिबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धीको सहयोगी समेत बन्न सक्ने बताए ।

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौ सम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिए । कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत उनले निर्देशन दिए ।

विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धी ल्याउन सक्नुपर्ने बताए । यो सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्ने जोड दिए ।

यस्तै सोहि क्षेत्रका प्रतिनिधी सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले मकवानपुर तथा काठमाडौबासीका लागि मात्र नभई पूर्वी नेपाल सहित बाग्मती, मधेस र लुम्बिनी सँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए ।

स्थानीय बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए ।

सडक विभागका महानिर्देशक डा. बिजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताए ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढि सकेको छ ।

अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवजार खतिवडा, वुद्धिजिवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायत सहभागी थिए ।

सडक डिभिजन काठमाडौका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमि काठमाडौं र बाकी मकवानपुरमा पर्दछ ।


प्रतिक्रिया दिनुहोस्