जलविद्युत् आयोजना निर्माणका लागि दुई कम्पनीलाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

जलविद्युत् आयोजना निर्माणका लागि दुई कम्पनीलाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति



काठमाडौं । सरकारले दुई जलविद्युत् कम्पनीलाई राष्ट्रिय वन क्षेत्रको सीमित भू–भाग उपयोग गर्न स्वीकृति दिएको छ ।

गत आइतबार (साउन १८ गते) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

वन तथा वातावरण मन्त्रालयको सिफारिसमा युनाइटेड मेवा खोला हाईड्रोपावर लिमिटेड लाई ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ मा १३२ केभी प्रसारण लाइन निर्माणका लागि ३.३७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको हो ।

त्यस्तै, जलशक्ति हाइड्रो कम्पनी लिमिटेड लाई धादिङको रुविभ्याली गाउँपालिका–४ मा इलेप (तातोपानी) खोला जलविद्युत् आयोजना निर्माणका लागि ३.६३२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्