पुनर्बीमा कम्पनीको निमित्त सिइओमा भण्डारी « Arthapath.com
२० श्रावण २०७६, सोमबार

पुनर्बीमा कम्पनीको निमित्त सिइओमा भण्डारी



काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारीलाई नियुक्त गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसँगै प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको करार सकिएको थियो। असार मसान्तदेखि नै सिईओ भण्डारीले कार्यालय छाडिसकेका छन । उनी अर्को कार्यकाल पनि दोहोर्याउने पक्षमा थिए । तर सरकारी तवरबाट सकारात्मक संकेत नआएसगै उनी बाहिरिएका हुन ।

बीमा क्षेत्रमा २२ वर्षको अनुभव भएका दामोदर भण्डारीलाई कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो। भण्डारीको समितिमा १७ वर्षको कार्यानुभव छ।

भण्डारी नेपाल पुनर्बीमाको स्थापनाकाल देखिनै कार्यरत छन्। भण्डारी नेपाल पुनर्बीमा आउनु अघि बीमा समितिमा कार्यरत थिए। भ(ढारी बीमा समितिको तर्फबाट इन्स्योरेन्स पुल हेर्ने जिम्मेवारीमा थिए । त्यसबेलाको स्योरेन्स पुल नै अहिले पुनर्बिमा कम्पनी बनेको हो । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको लागि छुट्टै प्रक्रिया अपनाउने छ। खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताइए पनि अर्थ मन्त्रालयले सिईओ छनोटको लागि छनोट समिति अझै बनाएको छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्