शिखर इन्स्योरेन्सले कमायो ४५ करोड, २ करोड ७० लाख नाफा बढ्यो « Arthapath.com
१ भाद्र २०७७, सोमबार

शिखर इन्स्योरेन्सले कमायो ४५ करोड, २ करोड ७० लाख नाफा बढ्यो



काठमाडौं । नेपालको निर्जीवन बिमा कम्पनीमा पहिलो स्थान ओगड्दै आएको शिखर इन्स्योरेन्सले गत आवमा ४५ करोड १ लाख नाफा गरेको छ । इन्स्योरेन्सले सोमबार वित्तिय विवरण प्रकाशित गरी ४५ करोड नाफा गरेको जनाएको छ । सो नाफा अघिल्लो आवको भन्दा २ करोड ७० लाख नाफाम बढाएको छ ।

शिखर इन्स्योरेन्सको नाफा बढेपनि बिमा शुल्क भने घटेको छ । कम्पनीको खुद बिमा शुल्क १ अर्व १८ करोड रहेको छ । जुन अघिल्लो आवको भन्दा १० करोड कमी हो । बिमा शुल्कमा कमी आएपनि नाफामा भने २ करोड बढाउन सफल भएको छ । कोरोनाको कारण १ क्वाटरमा खासै विजनेश गर्न नसक्दा पनि नाफा भने बढाएको छ ।

२ लाख ५९ हजार ५ सय ७४ बिमालेख जारी गरी ३ अर्व ५२ करोड बिमा शुल्क संकलन गरेको थियो । शिखरले ५८ करोड पुनर्बीमाको कमिशनबाट १२ करोड लगानी तथा कर्जाबाट कमाएको हो । १ अर्व ५ करोड चुक्तापुँजी रहेको शिखरको जगेडा कोषमा ८३ करोड र बीमा कोषमा एक अर्ब ५ करोड रहेको छ । त्यस्तै महाविपत्ती कोषमा ९ करोड राख्न सफल भएको छ । इन्स्योरेन्सले गत आवमा १४ हजार ४७० ओटा दावीको १ अर्व ६७ करोड भुक्तानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्