बोर्डले ३ महिने नियुक्ती दिएपछि जनरल इन्स्योरेन्सबाट बाहिरिए तमोट, को बन्ला नयाँ सीईओ ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बोर्डले ३ महिने नियुक्ती दिएपछि जनरल इन्स्योरेन्सबाट बाहिरिए तमोट, को बन्ला नयाँ सीईओ ?



काठमाडौं । कात्तिक १७ गते आजैदेखी कार्याकाल सकिएका जनरल इन्स्योरेन्स कम्पनीका महाप्रवन्धक एसके तमोटको संचालक समितिले ३ महिना मात्रै म्याद थपेको भन्दै कम्पनी छाडेका छन । सोमबार अन्तिम दिन भन्दै तमोटले बोर्डले दिएको ३ महिने म्याद थपको चिठ्ठी बुझेका छैनन ।

बीमा क्षेत्रमा झण्डै ६ दशक काम गरेका तमोट जनरल इन्स्योरेन्स खोल्नुअघिदेखी सबै काम गरेर लाइसन्स लिएर कम्पनीलाई याहाँसम्म ल्याएका हुन । तमोटको कार्यकाल सकिएपछि संचालक समितिले यही कात्तिक १४ गतेनै ३ महिने म्याद थपेको थियो ।

इन्स्योरेन्स बजारका अनुभवी तमोट अझै काम गर्न चाहन्थे, संचालक समितिले ३ महिने नियुक्ती दिने भनेपनि हालसम्म तमोटको हातमा चिठ्ठी परेको छैन । अव संचालक समितिले जे भन्छ त्यै गर्छु टमोटले अर्थपथसँग भने ।

कम्पनीले नयाँच् सीईओ नियुक्तीको तयारी गरेको झण्डै ६ महिना भयो तर हालसम्म १ दर्जन व्यक्तिसँग अन्तर्वार्ता लिएर थाँती राखेको थियो । कम्पनीको सीईओ बन्न बजारबाट झण्डै १ दर्जन व्यक्तिहरुले इच्छा देखाएका छन ।


प्रतिक्रिया दिनुहोस्